झिनो अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

शुक्रबार नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९३ करोड १९ लाख ४१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सुपरखुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रिज, रिड्ज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३.६० प्रतिशतले घटेको छ ।

कुल ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।