आजदेखि विसं.२०८३ सुरु


काठमाडौँ । आजदेखि विसं.२०८३ सुरु भएको छ ।

राजा विक्रमादित्यको नामबाट सुरु भएको यो संवत वैशाख १ गतेदेखि सुरु हुन्छ ।

सौरमास अर्थात सूर्यको स्थितिमा आधारित यो संवत ५७ ई.पू. देखि सुरु भएको मानिन्छ । नेपाल सरकारको प्रशासनिक, सरकारी कार्यालयहरू, नेपाली पात्रो (पञ्चाङ्ग), र नेपालको चाडपर्व विक्रम संवतमा अधारित छन् ।

यो संवत सबैभन्दा पुरानो मानिन्छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरूआतका रूपमा पनि लिने गरिन्छ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो ।

सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने गर्छ । यो कारणले पनि विक्रम संवतलाई वैज्ञानिक मानिन्छ ।