चार देशका लागि पुनःश्रम स्वीकृति सुरु


काठमाडाैँ । वैदेशिक रोजगार विभागले स्थगन गरिएका चार देशमा पुनःश्रम स्वीकृति दिन सुरु गरेको छ ।

विभागले इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति सुरु गरिएको जनाएको छ ।

मध्यपूर्वमा तनाव बढेपछि पुनः श्रम स्वीकृति स्थागित गरिएको थियो । विभागका अनुसार इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस ११ को निर्णयअनुसार हुनेगरी श्रम स्वीकृति दिइने मन्त्रालयले चैत ३० गते निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ को मन्त्रीस्तरीय निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुरु भएको थियो ।