काठमाडौँ । सरकारले २०६२/०६३ देखि ०८२/०८३ सम्म उच्च सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।
२०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण सङ्कल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको जानकारी दिए ।
पछिल्लो समय राजनीतिक तथा प्रशासनिक पदका उच्च ओहोदामा बसेका व्यक्तिको सम्पत्ति छानबिनको माग उठ्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्