मुक्तिनाथ विकास बैंकको नयाँ सिइओमा तारा मानन्धरमा नियुक्त


काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओे) मा तारा मानन्धर नियुक्त भएका छन् ।

वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सिइओ नियुक्त गरेको हो ।

वर्तमान सिइओ प्रद्युमन पोखरेलको कार्यकाल सकिन लागेपछि मानन्धर नयाँ सिइओ नियुक्त भएका हुन् ।

मानन्धरलाई ४ वर्षको कार्यकालका लागि सीइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

वर्तमान पोखरेलको कार्यकाल वैशाख मसान्तमा समाप्त हुँदैछ । जेठ १ गतेदेखि मानन्धरले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् । मानन्धरसँग साविकको नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका थिए ।

साविकको एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, साविकको बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत नेपालका विभिन्न प्रतिष्ठित बैंकहरूमा काम गरेको अनुभव छ ।

बैंकिङ क्षेत्रमा मानन्धरको झण्डै २५ वर्षको अनुभव छ । मानन्धर मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गरिसकेको थिए ।

पछिल्लो समय भने डिस मिडिया नेटवर्कको सिइओ थिए । उनी २०८१ वैशाख ३ गतेदेखि डिस मिडिया नेटवर्कको जिम्मेवारी सम्हालेका थिए ।