नेपाली कांग्रेसमा गगन थापाकाे नेतृत्व नै आधिकारिक रहेकाे सर्वाेच्च अदालतकाे फैसला


काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहर गरेको छ ।

कांग्रेसको आधिकारिकता विवादको आज फैसला सुनाउँदै सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निरवाचन आयोगका निर्णयलाई पनि सदर गरिदिएको छ ।

यससँगै नेपाली कांग्रेसमा गगन थापाको नेतृत्वले अदालतबाट पनि आधिकारिकता पाएको छ ।

न्यायाधीहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरिदिएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आयोगले थापा नेतृत्वलाई मान्यता दिएपछि शेर बहादुर देउवा र पूर्णबहादुर खड्का माघ ४ गते सर्वोच्चमा रिट लिएर पुगेका थिए ।