हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी विज्ञहरूसँगको छलफलमा


काठमाडाैँ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरूसँग सामूहिक छलफल सुरु गरेको छ । संघीय संसदमा पहिलो पटक सहभागी भएको सो पार्टीले आइतबार ललितपुरमा छलफल सुरु गरेको हो ।

छलफलमा डा. सुन्दरमणि दीक्षित, डा. राजाराम सुवेदी, प्रो. डा. राजकुमार पोखरेल, डा. टिकाराम गौतम, डा. केशवमान शाक्य, डा. लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित पार्टीका नेताहरु सहभागी छन् ।

श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढने संकल्प लिइएको भनिएको सो पार्टीले पार्टीले आगामी दिनमा खेल्ने भुमिकालाई प्रभावकारी बनाउन विज्ञहरूसँगको छलफल शुरु गरेको बताइएको छ ।