दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार होटल फरेष्ट इनको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड १ लाख ५९ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रिज र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत, १५ प्रतिशत, १४.९९ प्रतिशत र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज डोल्टी पावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।

कुल ३४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।