काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालको वैदेशिक व्यापार १४.४० प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख ८८ हजार रूपैयाँ बराबर वैदेशिक व्यापार गरेको छ ।
गत आर्थिक वर्षको चैतसम्म १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख ८ हजार रूपैयाँ बराबर गरेको थियो ।
नेपालले यो अवधिमा २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख २४ हजार रूपैयाँ बराबर निर्यात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तmुनामा १८.४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रूपैयाँ बराबर निर्यात गरेको थियो ।
नेपालको आयात १३.८२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ९ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार रूपैयाँ बराबर आयात गरेको नेपालले चालु आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख ६४ हजार रूपैयाँ बराबर आयात गरेको छ ।
यो अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड २६ लाख ४१ हजार रूपैयाँ बराबर छ । नेपालको व्यापार घाटा १३.०४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रूपैयाँ बराबर थियो ।


प्रतिक्रिया दिनुहोस्