घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ५०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर ५ हजार १३० रूपैयाँ कायम भएको छ ।