काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।
आज अमेरिकी डलरको भाउ बढेको छ । बुधबार १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा रहेको अमेरिकी डलर एकको खरिददर १४९ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५० रूपैयाँ ३८ पैसा छ ।
युरोपियन युरो पनि बढेको छ । युरो आज खरिददर १७५ रूपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर १०७ रूपैयाँ २० पैसा र बिक्रीदर १०७ रूपैयाँ ६३ पैसा छ ।
युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रूपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रूपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रूपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रूपैयाँ ४४ पैसा छ ।
यस्तै चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ ९५ पैसा र बिक्रीदर २२ रूपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ४० रूपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रूपैयाँ २६ पैसा छ ।
यस्तै युएई दिराम एकको खरिददर ४० रूपैयाँ ७८ पैसा र बिक्रीदर ४० रूपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३७ रूपैयाँ ०५ पैसा, छ ।
कुवेती दिनार एकको खरिददर ४८८ रूपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रूपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रूपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३९० रूपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्