कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९८ हजार ७०० रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रूपैयाँले घटेर ५ हजार २० रूपैयाँमा कारोबार भइरहेको छ ।