काठमाडौंँ । सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र सार्ने निर्णय खारेज गरेको छ ।
०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठान कै मातहतमा ल्याउने निर्णय गरेको शिक्षमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोख्रेलले बताए ।
यसअघि महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय भएको थियो ।


प्रतिक्रिया दिनुहोस्