सानिमा बैंकको नाफा ४२ प्रतिशतले बढ्यो


काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा सानिमा बैंकको खुद नाफामा ४२.२२ प्रतिशतले बढेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ३५ करोड २ लाख रूपैयाँ बराबर खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६५ करोड २४ लाख रूपैयाँ बराबर नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशत बढेको छ । यो अवधिमा बैंकले ५ अर्ब १६ करोड रूपैयाँ बराबर खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २८ करोड २८ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेको छ। यो अवधिमा बैंकले ९५ करोड ७३ लाख रूपैयाँ बराबर आम्दानी गरेको छ ।

त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी २०.४१ प्रतिशतले बढेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब २७ करोड ९६ लाख रूपैयाँ बराबर रहेको छ । बैंकको सञ्चालन मुनाफा ४७.५० प्रतिशत बढेर ३ अर्ब ३२ करोड ६ लाख रूपैयाँ बराबर पुगेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज एक अर्ब ४० करोड ४३ लाख रूपैयाँबाट घटेर एक अर्ब ३६ करोड ७७ लाख रूपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिसेयर आम्दानी २२.९२ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १६.३३ रूपैयाँ रहेको थियो । बैंकको खराब ३.९९ प्रतिशत प्ुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३.४२ प्रतिशत खराब कर्जा थियो ।

बैंकको निक्षेप ४.४३ प्रतिशत र कर्जा लगानी ८.१३ प्रतिशतले बढेको छ । बैंकको निक्षेप २ खर्ब ३३ अर्ब ८६ करोड ९१ लाख रूपैयाँ रहेको छ भने एक खर्ब ९० अर्ब ७७ करोड ६६ लाख रूपैयाँ बराबर कर्जा प्रवाह गरेको छ ।