झिनो अंकले बढ्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

शुक्रबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ३८ लाख ४७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा पाल्पा सिमेन्ट इण्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र माइखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी ती कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३५१ कम्पनीको एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।