सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस


काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले रिक्त ६ पदमा डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने छ ।

बढुवा समितिले सार्वजनिक गरेको सूचनाअनुसार दिग विजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।