काठमाडौँ । आर्थिक वर्ष २०८२ ८३ को तेस्रो त्रैमाससम्ममा ज्योति विकास बैंकको नाफा १०५.३० प्रतिशतले बढेको छ।
बैंकले सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैतसम्म ६२ करोड ९४ लाख ६२ हजार रूपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३० करोड ६६ लाख ११ हजार रूपैयाँ खुद नाफा कमाएको थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशतले बढेको छ। बैंकले एक अर्ब ५९ करोड ६५ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा एक अर्ब ५८ करोड ४१ लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यो अवधिमा बैंकको सञ्चालन मुनाफा ८९ करोड ९० लाख २० हजार रूपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सञ्चालन मुनाफा १०५.२७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा ४३ करोड ७९ लाख ६१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
गत आर्थिक वर्षको सोही अवधिमा ५२ करोड १६ लाख १७ हजार रूपैयाँ रहे्को बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षमा ११ करोड ८४ लाख ९९ हजार रूपैयाँमा झरेको छ।
बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रूपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब २२ करोड ३१ लाख ४७ हजार रूपैयाँ सञ्चित छ।
यो अवधिमा बैंकले ६४ अर्ब ४९ करोड ८ लाख ७६ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ९८ करोड ८९ लाख ९८ हजार रूपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको खराब कर्जा बढेको छ । बैंकको खराब कर्जा ७.८३ प्रतिशत पुगेको छ।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख ४४ हजार रूपैयाँ ऋणात्मक रहेको छ। बैंकको प्रतिशेयर आम्दानी .(इपिएस) १९.०९ रूपैयाँ रहेको छ भने नेटवर्थ १६३.४३ रूपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्