७ ओटा बैंकको नाफा घट्यो


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको औसत नाफा १९.३० प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रूपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रूपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको तुलनामा यो अवधिमा ७ ओटा वाणिज्य बैंकहरूको नाफा घटेको छ । प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, एन आई सी एशिया बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको नाफा घटेको हो ।

सबैभन्दा बढी प्रभु बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकले ८५ करोड १५ लाख २३ हजार रूपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.६१ प्रतिशतले नाफा घटेको हो ।

कुमारी बैंकको नाफा १३६१.७६ प्रतिशतले बढेको छ । चालु आर्थिकको ९ महिनामा बैंकले ४ अर्ब १७ करोड ८० लाख ४८ हजार रूपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २८ करोड ५८ लाख २३ हजार रूपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा नबिल बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा सो बैंकको नाफा ३३.९२ प्रतिशत बढेको हो।

ग्लोबल आइएमई बैंकको नाफा २.९३ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकले ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रूपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रूपैयाँ नाफा कमाएको थियो ।

एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रूपैयाँ नाफा कमाएको छ । एभरेष्ट बैंकको नाफा ३.७१ प्रतिशतले घटेको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेको छ । बैंकले यो अवधिमा ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रूपैयाँ नाफ कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड २० लाख ५९ हजार रूपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा १२९.३४ प्रतिशतले बढेको हो ।

हिमालयन बैंक ५२.४९ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले ७६ करोड २५ लाख ३६ हजार रूपैयाँ नाफा आर्जन गरेको छ ।

माछापुच्छ्रे बैंकले एक अर्ब ६५ करोड ८६ लाख ५९ हजार रूपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा ५०.४३ प्रतिशतले बढेको हो ।

सानिमा बैंकको नाफा ४२.२२ प्रतिशतले बढेको छ । बैंंकले यो अवधिमा २ अर्ब ३५ करोड २ लाख २ हनार रूपैयाँ बराबर नाफा आर्जन गरेको छ ।

यो अवधिमा प्राइम कर्मशियल बैंकले ३ अर्ब ८ करोड ९३ लाख ३५ हजार रूपैयाँ बराबर नाफा कमाएको छ । यो अगत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.५८ प्रतिशतले बढी हो ।

सिटिजन्स बैंकको नाफा ३५.८२ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले एक अर्ब ३० करोड ६४ लाख ६१ हजार रूपैयाँ बराबर नाफा कमाएको छ ।

लक्ष्मी सनराइइज बैंकले २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रूपैयाँ बराबर नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो ।

नेपाल एसबिआई बैंकको नाफा २१.४९ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले एक अर्ब ४६ करोड १७ लाख ८५ हजार रूपैयाँ बराबर नाफा कमाएको छ ।

सिद्धार्थ बैंकको नाफा २०.७८ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले २ अर्ब १ करोड ४८ लाख ५५ हजार रूपैयाँ बराबर नाफा आर्जन गरेको छ ।

एनएमबी बैंकले २ अर्ब ६८ करोड ७७ लाख ८५ हजार रूपैयाँ बराबर नाफा कमाएको छ । बैंकको नाफा १३.२५ प्रतिशतले बढी हो ।

नेपाल बैंकको नाफा ०.३४ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रूपैयाँ नाफा कमाएको छ ।

एन आई सी एशिया बैंकको नाफा १०.४९ प्रतिशतले घटेको छ । बैंकले यो अवधिमा १४ करोड ३ लाख २४ हजार रूपैयाँ बराबर नाफा कमाएको छ ।

कृषि विकास बैंकले एक अर्ब ३९ करोड ३९ लाख ७३ हजार रूपैयाँ बराबर नाफा आर्जन गरेको छ । बैकको नाफा २४.४२ प्रतिशतले घटेको छ ।

स्ट्याडण्र्ड चार्टड बैंकको नाफा ४.२४ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकले २ अर्ब ८ करोड १६ लाख २१ हजार रूपैयाँ बराबर नाफा कमाएको छ ।