२६ अंकले घट्यो नेप्से, साढे ६ अर्बको कारोबार


काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ३३ लाख ४० हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा हिमालयन बैंक लिमिटेड बण्ड २०८६ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३४९ कम्पनीको एक करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख २३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।