तोलामा ३ हजार रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९७ हजार ५०० रूपौयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९४ हजार ५०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर ४ हजार ९१५ रूपैयाँ कायम भएको छ ।