घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो


काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड १९ लाख २५ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.२२ प्रतिशतले बढेको छ ।

कुल ३५१ कम्पनीको एक करोड २१ लाख ४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९५ करोड ४६ लाख ७४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।