काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित शीर्ष तीन पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको जनाइएको छ।
राजीनामा दिनेमा उपकुलपति प्रा।डा। दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजाल रहेका छन्। उनीहरूले बिहीबार कुलपति समक्ष राजीनामा बुझाएका हुन्।
शिक्षाध्यक्ष केसीले आफूहरू कक्षाकोठामा रमाउने प्राध्यापक भएकाले नयाँ सरकारलाई सहज वातावरण दिन पदबाट अलग भएको बताएका छन्।
हालै सिफारिस गरिएको अध्यादेशमा विश्वविद्यालयका पदाधिकारी हटाउन सकिने प्रावधान राखिएको तथा सत्तारुढ दलका केही नेताहरूबाट पनि त्यस्तै संकेत आएपछि उनीहरूले राजीनामा दिएको बुझिएको छ।
केसी र रिजाल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकालमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको नेतृत्वकालमा नियुक्त भएका थिए।


प्रतिक्रिया दिनुहोस्