काठमाडौं । नेपाली कांग्रेस भित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको छ। नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्का समूहले छुट्टाछुट्टै बैठकबाट विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेका छन् ।
बालुवाटारस्थित ओपेरा होटलमा आज बसेको बागमती प्रदेशस्तरीय भेलामा कोइराला समूहका नेताहरूले विशेष महाधिवेशनपछि पार्टीभित्र एकता कायम हुन नसकेको बताएका हुन्।
उनीहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी सभापति गगन थापा कै रहेको धारणा राखेका छन्। साथै पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्नु व्यवहारिक नभएको मत पनि व्यक्त गरेका छन्।
यता वैशाख १५ र १६ गते काठमाडौंमा बसेको खड्का समूहको विस्तारित बैठकले पनि विशेष महाधिवेशनलाई कांग्रेस कमजोर बनाउने षड्यन्त्रको पहिलो कदम भनेको छ। समूहले एकपक्षीय ढंगले गरिएको विशेष महाधिवेशन नै वर्तमान विवाद र निर्वाचन पराजयको मुख्य कारण भएको ठहर गरेको छ।
खड्का समूहले पार्टी एकता, निष्पक्ष महाधिवेशन, अनुशासनको नाममा भइरहेको कारबाही रोक्न र महँगी नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने मागसमेत अघि सारेको छ।
दुवै समूहबाट विशेष महाधिवेशनमाथि प्रश्न उठेपछि कांग्रेसभित्र आन्तरिक विवाद थप सतहमा आएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस्