बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९२ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९६ हजार १०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १३५ रूपैयाँले बढेर ४ हजार ९४५ रूपैयाँ कायम भएको छ ।