३४ अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ३६ लाख ८९ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा फर्वाड माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कर्पोरेट डेललपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १२.५८ प्रतिशतले घटेको छ ।

कुल ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।