वैशाख २८ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस


काठमाडौँ । सरकारले वैशाख २८ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसको बैठकले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यसअघि सरकारले वैशाख १७ गतेका लागि आह्वान भएको संसद अधिवेशन भोलिपल्टै स्थगित भएको थियो ।

सरकारले संसद अधिवेशन स्थगित गरेर आठओटा अध्यादेश ल्याएको छ ।