म्यानमारले चालू आर्थिक वर्ष २०२६/२७ को पहिलो महिना अर्थात अप्रिलमा १ लाख ६९ हजार ५५९ टन चामल तथा कनिका निर्यात गरेको छ ।
म्यानमार राइस फेडरेसन (एमआरएफ) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो परिमाण चालू आर्थिक वर्षको शुरुवाती महिनाको वैदेशिक व्यापार हिस्सा हो ।
एमआरएफका अध्यक्ष यू ये मिन आङका अनुसार उक्त अवधिमा चामल तथा कनिका निर्यातबाट म्यानमारले करिव ५ करोड १० लाख (५१ मिलियन) अमेरिकी डलर आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको अप्रिल महिनामा चामल निर्यातको परिमाणमा वृद्धि भएको अध्यक्ष आङले जानकारी दिएका छन् ।
म्यानमारले पछिल्लो समय आफ्नो कृषिजन्य उत्पादन, विशेषगरी चामल निर्यातलाई प्राथमिकता दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्