काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगलागी भएको छ ।
दमकलको प्रयोग गरेर आगो निभाइएको छ । जहाज धावन मार्गमै छ ।
विहान ६ बजेर ३६ मिनेटमा अवतरणका क्रममा जहाजको पाङ्ग्रामा आगलागी भएको थियो ।
जहाज धावनमार्गमै भएका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले भने,“ जहाजलाई पार्किङमा लगेर उडान खोलाउने तयारी छ । अहिले धावनमार्ग बन्द छ ।”
स्तानबुलबाट आएको विमान अवतरणका क्रममा आगो देखिएको थियो । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको र यात्रुहरू सबै सकुशल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्