बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९८ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख २ हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५५ रूपैयाँले बढेर ५ हजार ६९५ रूपैयाँ कायम भएको छ ।