काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठक व्यवस्थापन तथा कार्य सहजीकरणका लागि संसदीय उपसमिति गठन गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले संसदीय उपसमिति गठन गरेको हो । समिति सभापति रहबर अन्सारीले उपसमिति नितान्त बैठक व्यवस्थापन र कार्य सहजीकरणका लागि गठन गरिएको बताए ।
उनकाअनुसार उपसमितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रभा कार्की, हरिमोहन भण्डारी र प्रकाश पाठक सदस्य रहनुभएको छ । यस्तै, नेपाली काँग्रेसबाट टेक बहादुर गुरुङ, नेकपा ९एमाले०बाट कृपाराम राना तथा नेपाल कम्युनिष्ट पार्टीबाट निराशा चौधरी सदस्य तोकिएका छन् ।
उनले भने, ‘कार्य सहजिकरण तथा बैठक व्यवस्थापनसम्बन्धी उपसमिति गठन गरेका छौँ । यो नितान्त बैठक व्यवस्थापनको लागि बनेको उपसमिति हो । उपसमितिमा रास्वपाको तर्फबाट प्रभा कार्की, हरिमोहन भण्डारी र प्रकाश पाठक, नेपाली काँग्रेसको तर्फबाट टेकबहादुर गुरुङ, नेकपा ९एमाले०बाट कृपाराम राना र नेपाली कम्युनिष्ट पार्टीबाट निराशा चौधरीज्यु रहनुभएको छ ।’
सभापति अन्सारीले उपसमितिले आगामी बैठकहरूको व्यवस्थापन, कार्यसूची समन्वय तथा समितिको कामलाई प्रभावकारी बनाउने विषयमा भूमिका खेल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्