काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२ ओटाको घटको छ ।
मंगलबार नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड ९९ लाख ४३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १२.४० प्रतिशतले घटेको छ ।
कुल ३३८ कम्पनीको एक करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्