नर्सिङ दिवसको अवसरमा पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलका कर्मचारी सम्मानित


काठमाडौँ । पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलले नर्सिङ् दिवसका अवसरमा विभिन्न विभागीय प्रमुखसहितका विभिन्न कर्मचारीहरूलाई सम्मान गरेको छ ।

दिवसको अवसर पारेर हस्पिटलले बेस्ट आउटस्टान्डिङ अवार्डबाट इआर विभागकी रेजीना थापामगर, ओटी डिपार्टमेन्टबाट ममता परियार, आइसियु विभागबाट सिमरन गुरुङ, सर्जिकल डिपार्टमेन्टबाट मोनिका थापालाई गरेको छ ।

यस्तै नर्सिङ विभाग प्रमुख गंगा पौडेल, आइसियु इन्चार्ज प्रसन्न प्रधान, ओटी इन्चार्ज त्रिवी मुननकर्मी, मेडिसिन इन्चार्ज सर्मिला अधिकारी, सर्जरी इन्चार्ज रुपम राय, इर्मजेन्सी विभाग इन्चार्ज अस्मिता अधिकारी, मेडिसिनबाट प्रतिभा रायमाझी र एटेन्डेन्सबाट गायत्री कोइराला र सोनिमाया गुरुङलाई सम्मान गरिएको छ ।

उनीहरूलाई सिइओ डा. भिम बहादुर चन्दले सम्मान गरेका थिए ।