काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्।
सरकारले यसअघि भएका सबै राजनीतिक नियुक्ती खारेज गरिरहेको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले भट्टलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् ।
२०८० फागुन २६ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भट्टलाई तीन वर्षका लागि नियुक्ति गरेको थियो।



प्रतिक्रिया दिनुहोस्