तेस्रो पटकको अवरोधपछि स्थगित भयो संसद् बैठक


काठमाडौँ । प्रतिनिधिसभा को बैठक बुधबार तेस्रो पटक बसेर स्थगित भएको छ । यसअघि आजै बसेका दुई बैठक विपक्षी दलहरूले अवरोध गरेका थिए ।

तेस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षीहरूले लगातार अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

तर विपक्षीको निरन्तर अवरोधपछि आजका लागि तय गरिएको नीति तथा कार्यक्रममाथिको छलफल स्थगित गरिएको छ । बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।