दोहोरो अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० ओटाको सेयरमूल्य घटेको छ ।

विहीबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ६८ लाख २६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

युनियन हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ११.४२ प्रतिशतले बढेको छ ।

एशियन हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ ।

कुल ३३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड २ लाख ४४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।