काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै पाण्डेलाई रिहा गर्न आदेश दिएको हो ।
रिहा गर्ने आदेश दिनेक्रममा सर्वोच्च अदालते विदेश जाने विषयमा सर्त राखेको छ । पाण्डेले विदेश जान अदालतबाट अनुमति लिनुपर्नेछ ।
पाण्डेले आफूले रोजेको वरिष्ठ अधिवक्ताको रोहबरमा आवश्यक परेका बखत उपस्थित हुने सर्तसमेत आदेशमा छ ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा सिइओ पाण्डेलाई वैशाख २९ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।
पाण्डेलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्