कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९४ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ५ हजार ४०० रूपैयाँ कायम भएको छ ।