एक अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ ओटाको सेयरमूल्य घटेको छ ।

सोमबार साहस ऊर्जाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड ४३ लाख ८९ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

इङ्ग्वा हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.४२ प्रतिशतले बढेको छ ।

कुल ३३९ कम्पनीको ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।