काठमाडौँ । वीरगञ्जबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउका क्रममा प्रतिक्रिया दिँदै प्रसाईंले आफू हिन्दू अधिराज्य नेपाल र राजसंस्थाका लागि पूजा गर्न वीरगञ्ज आउँदा पक्राउ गरिएको बताए ।
पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले प्रसाईंलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।
पक्राउको कारण भने खुलेको छैन । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ गर्दै छुट्टै गर्ने गरेका छन् ।
मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय हिन्दू अधिराज्य नेपाल र राजसंस्थाको वकालत गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्