प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाई आजै


काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको सुनुवाई आजै हुने भएको छ ।

संसदीय सुनुवाइ समितिका सचिव तुलप्रसाद कँडेलले दिउँसो १ बजे प्रस्तावित प्रधानन्यायाधीस शर्माको सुनुवाई हुने जानकारी गराएका हुन् । शर्माविरूद्ध १६ वटा उजुरी परेका थिए ।

उजुरीमाथि विहान समितिमा छलफल भएको थियो । संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चमा टकराव बढ्न थालेपछि शर्माको सुनुवाई छिटो गर्न लागेको हो । समितिमा रास्वपाको बहुमत भएकाले अनुमोदनमा समस्या हुने छैन ।