काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटाको सेयरमूल्य घटेको छ ।
मंगलबार सिटी होटलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ५३ लाख ३५ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.२६ प्रतिशतले बढेको छ ।
यस्तै, सिटी होटलका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.८४ प्रतिशतले घटेको छ ।
कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्