महासङ्घकाे वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियाविरुद्ध परेको रिटको सुनुवाई सकियाे


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ विरुद्ध परेको रिटको सुनुवाई सकिएको छ ।

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छनौट प्रक्रियाविरुद्ध परेको रिटको सुनुवाई सकिएको हो ।

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि जेठ ८ गते मिति तय भएपछि प्रक्रिया मिचिएको भन्दै हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले साेमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

रिटमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र केन्द्रीय कार्यकारिणी समितिलाई विपक्षी बनाइएको छ ।

निषेधाज्ञा माग गर्दै दायर गरिएको रिटमा न्यायाधीस श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाई सकिएको हो । अब आदेश आउन बाँकी छ ।