घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९५ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९२ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १२५ रूपैयाँले घटेर ४ हजार ९६० रूपैयाँ कायम भएको छ ।