स्पेस एक्स आइपिओ फाइलिङले घाटा र मस्कको नियन्त्रण खुलासा गर्दै


स्पेसएक्सले आफ्नो आइपिओ (प्रारम्भिक सार्वजनिक निष्कासन) प्रतिवेदन सार्वजनिक गरेको छ। यसले लगानीकर्ताहरूलाई एलन मस्कले कृत्रिम बुद्धिमत्ता (एआई) मा कति ठूलो घाटा बेहोरिरहेका छन् भन्ने तथ्य उजागर गरेको छ। साथै, कम्पनीले रकेट निर्मातालाई एआई पावरहाउसमा रूपान्तरण गर्दै आफ्नो भविष्य यही प्रविधिमा दाउमा लगाएको देखिन्छ।

स्पेसएक्सको अधिकांश भविष्यको योजना अहिलेसम्म अस्तित्वमा नभएका प्रविधि र बजारहरूमा प्रभुत्व जमाउने लक्ष्यमा निर्भर छ, जसमा मंगल ग्रहको मिसनदेखि अन्तरिक्षमै एआई डाटा सेन्टर स्थापना गर्ने परिकल्पनासम्मकाे उदेश्य देखाएकाे छ ।

मस्कको टेस्लालाई विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बनाउने, विश्वको पहिलो पूर्ण रुपमा पुन: प्रयोग गर्न मिल्ने रकेट विकास गर्ने र सबैभन्दा ठूलो स्याटलाइट सञ्जाल निर्माण गर्ने कीर्तिमान नै उनीहरूमा लगानी गर्न पर्याप्त कारण हो।

प्रतिवेदनले मस्कको स्पेसएक्समाथिको कडा नियन्त्रण सुनिश्चित गरेको छ भने शेयरधारकहरूलाई उनका निर्णयमा खासै अधिकार दिएको छैन। यसले फेब्रुअरीमा एक्सएआइ को खरिदपछि एआई केन्द्रिय भूमिकामा आएको देखाउँछ। यसै खरिदले कम्पनीको अधिकांश खर्च र पहिलो त्रैमासिकमा हानिको ठूलो हिस्सा ओगटेको छ।

यो सूचीकरण अमेरिकी बजारको पहिलो १ ट्रिलियन डलरभन्दा माथिको डेब्यू बन्न सक्छ, र यसले स्पेसएक्सलाई तुरुन्तै विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीहरूमध्ये एक बनाउनेछ।

स्पेसएक्सका तीन डिभिजनमध्ये वर्षको पहिलो तीन महिनामा स्याटलाइट इन्टरनेट युनिट ‘स्टारलिंक’ मात्र नाफामा रहेको थियो। स्टारलिंकले १.१९ बिलियन डलर सञ्चालन नाफा कमाए पनि ४.६९ बिलियन डलर राजस्वमा कम्पनीले कुल १.९४ बिलियन डलर सञ्चालन घाटा बेहोर्नु परेको थियो। यसको एआई डिभिजनले मात्र ८१८ मिलियन डलर राजस्वमा २.४७ बिलियन डलर घाटा व्यहोरेको थियो।

मस्कले आफ्नो सोशल मिडिया तथा एआई कम्पनी एक्सएआइ खरिद गरेपछि स्पेसएक्सले नयाँ क्षमता र अवसरहरू पाएको छ, तर यसको साथै ठूलो खर्च र नयाँ घाटा पनि थपिएको छ। यसले पहिलो त्रैमासिकको १०.१ बिलियन डलर पूँजीगत खर्चको ७६% हिस्सा ओगटेको छ।

कम्पनीको योजना अहिले नबनेको प्रविधिमा निर्भर छ, जसमा अन्तरिक्षमै सौर्य उर्जाबाट चल्ने डाटा सेन्टरहरू सञ्चालन गर्ने समावेश छ। यसबाट २८.५ ट्रिलियन डलरको सम्भावित बजारमा पुग्ने लक्ष्य राखिएको छ।

स्पेसएक्स सन् २००२ मा स्थापना भएदेखि नै हजारौं स्टारलिंक इन्टरनेट स्याटलाइट प्रक्षेपण गर्दै विश्वको सबैभन्दा ठूलो अन्तरिक्ष व्यवसायमा विकसित भएको छ। पुन: प्रयोग गर्न मिल्ने रकेटको यसको अग्रणी प्रयोगले अन्तरिक्षको अर्थतन्त्र नै परिवर्तन गरिदिएको छ, जसले जेफ बेजोसको ब्लू ओरिजिनजस्ता प्रतिस्पर्धीलाई पनि पछ्याउन बाध्य बनाएको छ।

सफल शेयर बिक्रीले कम्पनीको मूल्य १.७५ ट्रिलियन डलरमा पुर्याउन सक्छ, जसले मस्कलाई इतिहासको पहिलो ट्रिलियनेयर बन्ने मार्गमा अग्रसर गराउनेछ। फाइलिङ अनुसार, मस्कले कम्पनीको ८५.१ प्रतिशत संयुक्त मताधिकार आफूसँग राख्नेछन्।

कम्पनीले शेयरधारकहरूको अधिकारलाई गम्भीर रुपमा सीमित गर्ने धेरै प्रावधानहरू अपनाएको छ। यसले मस्कलाई आफूबाहेक अरू कसैले पदच्युत गर्न नसक्ने सुरक्षा प्रदान गरेको छ।

स्पेसएक्सले जुन १२ तिर आफ्नो सेयर सूचीकरण गर्ने लक्ष्य राखेको छ। कम्पनी नास्डाक र नास्डाक टेक्ससमा ‘SPCX’ प्रतिक चिन्हमा सूचीकृत हुने अपेक्षा गरिएको छ।

यो आईपीओको आकारले मस्कको व्यापारिक साम्राज्य ‘मस्कोनोमी’ को बढ्दो अन्तरसम्बद्ध संरचनातर्फ ध्यान तानेको छ, जसमा टेस्ला, एआई, र ब्रेन-चिप इम्प्लान्ट व्यवसायहरू समावेश छन्।