दोस्रो चरणमा जेठ २२ देखि आइपिओ जारी गर्दै एभरेष्ट कलर


काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले ३९ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि र १५ हजार ८ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्टाएको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उत्त१m आइपिओमा छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गते आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्स्योयर रेटिङ प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्ने विषयमा मध्यम जोखिम रहेको जनाउछ ।