काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका लागि पूर्वकार्यकारी निर्देशक मनोज सिलवाल र अहिलेका कायममुकाय कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ‘लबिङ’ तीव्र पारेका छन् ।
अध्यादेशमार्फत हितेन्द्र देव शाक्यको पद गएपछि सिलवाल र श्रेष्ठले आफ्नो लबिङ् तिव्र पारेका हुन् । मनोज सिलवाललाई तत्काली ऊर्जा मन्त्री कुलमानी घिसिङले कार्यकारी निर्देशक बनाएका थिए ।
सर्वोच्च अदालतले शाक्यलाई पुनस्र्थापित गरेपछि सिलवाल बाहिरिएका थिए । अहिलेका कामु दीर्घायुकुमार श्रेष्ठ शाक्यको पद गएपछि निमित्त बनेका थिए र अहिले कायममुकायमको जिम्मेवारी दिइएको छ ।
कायमुकाय जिम्मेवारी दिएपछि श्रेष्ठ हौसिएका छन् । सिलवालले भने ‘वालेन फ्याक्टर’लाई प्रयोग गर्न खोजका छन् ।
स्रोतहरूका अनुसार सिलवालले कुलमानमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई विश्वासमा ल्याउन खोजका छन् ।
कुलमानले समेत सिलवाललाई आश्वासन दिएका छन् । ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले दीर्घायुलाई अघि सार्ने प्रयास गरेका छन् । यद्यपी निमित्त र कामु भएको एक महिनासम्म श्रेष्ठको कार्यप्रगति भने प्रभावकारी नदेखिएको भन्दै प्राधिकरणभित्र टिप्पणी हुने गरेको छ ।
स्रोतले भन्यो,“सबैभन्दा वरिष्ठ त हो तर कार्यसम्पादनका हिसाबले विगतदेखि नै समस्या छ, यद्यपी मन्त्री ज्यूले चासो भने देखाउनुभएको छ ।”
प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तिमा विगतदेखि नै ठुलो हानथाप हुने गरेको छ ।
वालेन्द्र नेतृत्वको सरकारले अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेजी गर्दा तत्कालीन कार्यकारी निर्देशक शाक्यको पनि पद गएको थियो ।
धमाधम नयाँ नियुक्तिमा काम गरिरहेको सरकारले प्राधिकरणमा पनि भित्र र बाहिरबाट आउन सक्ने सम्भावित कार्यकारी निर्देशकको खोजी गरिरहेको छ ।
ऊर्जा मन्त्रालयले व्यक्तिगत तहमा सम्भावित पत्रको अनौपचारिक मूल्याङ्कन गरिरहेको स्रोतहरूको दाबी छ । छलफलका क्रममा सिलवाल र श्रेष्ठलाई प्राथमिकतामा राखिएको ।



प्रतिक्रिया दिनुहोस्