लुम्बिनी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम आज


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

दिउँसो १ बजे बस्ने आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेशले यसपटक बजेटको आकार घटाउँदै छ । सोहीअनुसार नीति तथा कार्यक्रम तय गरेको छ ।

प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ ।