रास्वपाले संसदलाई गरायो प्रधानमन्त्री साह एक हप्ताभित्र संसदमा आउने जानकारी


काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र साहलाई एक हप्ताभित्र संसदमा सहभागि गराउने प्रतिवद्धता व्यक्त गरेको छ । 

सभाको मंगलबारको बैठकमा सत्तरुढ दलका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आफूले प्रधानमन्त्री शाहको सचिवालयसँग कुराकानी गरेको उल्लेख गर्दै संसदको अवरोध खुलाउन प्रतिपक्षी दलहरुलाई आग्रह गरे।

उनले भने, “प्रधानमन्त्रीज्यु सदनमा आउनुहुन्छ । सम्भवतः अबको एकहप्ताभित्रै प्रधानमन्त्रीज्यू संसदमा आउने कुरा जानकारी गराउन चाहन्छु ।”

तर प्रतिपक्षी दलहरुले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसदमा अवरोध गर्दै आएका छन् ।