११ ओटा निर्माण कम्पनी कालोसूचीमा


काठमाडौँ । सरकारले ११ ओटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको अवधिभित्र निर्माण पूरा नगर्ने ११ कम्पनी कालोसूचीमा परेका हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा भनेको छ,“सार्वजनिक निकायहरुबाट लेखी आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ११ निर्माण व्यवसायी /

आपूर्तिकर्ताहरूलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसकने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

यी हुन् कालोसूचीमा परेका निर्माण कम्पनी