बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ८५ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९० हजार ६०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १७५ रूपैयाँले बढेर ५ हजार ४० रूपैयाँ कायम भएको छ ।